सहिदपुत्री अनिता ‘ग्याँस सिलिण्डर’ लिएर चुनावी मैदानमा

कास्की | असोज २७, २०७९

सहिदपुत्री अनिता ‘ग्याँस सिलिण्डर’ लिएर चुनावी मैदानमा

कास्कीः जनयुद्धका दौरान कास्कीबाट सहिद भएका राजविक्रम भुर्तेल र सीता भुर्तेलकी छोरी अनिता भुर्तेलले आफ्नो प्रतिनिधि सभा कास्की ३ मा उम्मेदवारी कायम राखेकी छिन् । 

 

उम्मेदवारी फिर्ता गर्ने निर्धारित समयमा पछि नहटेपछि उनको उम्मेदवारी कायम भएको हो । निर्वाचन आयोगको तालिका अनुसार उनले हिजै चुनाव चिन्ह ‘ग्याँस सिलिण्डर’ पाएकी छिन् । 

 

चुनाव चिन्ह पाएसँगै अनिताले आफ्नो उम्मेदवारी भ्रष्टाचार र परिवारवादविरुद्ध भएको भन्दै प्रचारमा जुटेकी छिन् । 

 

बुवा–आमा सहिद भएको समय मात्र १५ वर्षकी अनिता पार्टीमा निरन्तर थिइन् । तर यसपटक समानुपातिकमा नाम सिफारिश भएपनि अन्त्यमा नाम नपरेपछि उनले स्वतन्त्ररुपमा उम्मेदवारी दिएकी छिन् । 
 

 

अभिभावकाको मृत्युपछि तीन बहिनी र एक भाइको लालनपालनमा जुटेकी अनितालाई पार्टीले स्थान नदिएपछि उनी चुनावी मैदानमा उत्रेकी हुन् । 

 

अनिताको चुनावी क्षेत्रमा नेकपा माओवादी केन्द्रबाट रामजी बरालले उम्मेदवारी दिएका छन् भने नेकपा एमालेबाट दामोदर वैरागी प्रतिष्पर्धामा छन् । 

 

बुवा राजविक्रम र आमा सीताको तत्कालिन शाही नेपाली सेनाले ०६१ वैसाख ३१ गते पामेमा घर घेरा हालेर हत्या गरेको थियो । 

 

अनिता माओवादी केन्द्र निकट अखिल जनस्वास्थ्यकर्मी महासङ्घमा समेत आबद्ध छिन् । 

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्

कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् ।   मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् ।   ...

थप पढ्नुहोस्